२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । सुनसरीको देवानगञ्ज घटनाका पीडितलाई न्याय र हिन्दु हितको संरक्षणलगायतका माग राख्दै आमरण अनशनमा बसेका राष्ट्रिय एकता दलका अध्यक्ष विनय यादवले अनशन स्थगित गरेका छन्।
मंगलबार सरकारसँग चारबुँदे लिखित सहमति भएपछि यादवले तत्कालका लागि अनशन स्थगित गरेका हुन्।
अध्यक्ष यादव गत साउन १४ गतेदेखि काठमाडौंको माइतीघर मण्डलामा आमरण अनशनमा बसेका थिए। सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनाका पीडितलाई न्याय, दीर्घकालीन नीतिगत स्पष्टता र सुरक्षा व्यवस्थाको माग गर्दै उनले ६ बुँदे माग अघि सारेका थिए।
दलले सुनसरी घटनाका पीडित तथा प्रभावित परिवारका पक्षमा सरकारले व्यक्त गरेको प्रतिबद्धताअनुरूप यथाशीघ्र कार्य हुने विश्वास व्यक्त गरेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij