Logo

२०८३ आश्विन १३ गते मंगलवार

२०८३ आश्विन १३ गते मंगलवार

भ्रष्टाचारीलाई सार्वजनिक रूपमा कोर्रा हान्ने कानुन बनाउन राईको प्रस्ताव

भ्रष्टाचारीलाई सार्वजनिक रूपमा कोर्रा हान्ने कानुन बनाउन राईको प्रस्ताव


  • 1.2K
    Shares

    भ्रष्टाचारीलाई सार्वजनिक रूपमा कोर्रा हान्ने कानुन बनाउन राईको प्रस्ताव
    images

    काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले देशमा व्याप्त बेथिति, भ्रष्टाचार र दण्डहीनताको अन्त्यका लागि अपराधीहरूलाई सार्वजनिक रूपमा कोर्रा हान्ने कानुन बनाउन प्रस्ताव गरेका छन् ।

    प्रतिनिधि सभाको मंगलबारको बैठकमा सांसद राईले विद्यमान कानुनी प्रक्रिया झन्झटिलो र सेटिङमा चल्ने गरेको भन्दै कडा सजायको व्यवस्था गर्न माग गरेका हुन् ।

    सांसद राईले संसद्‌मा बोल्दै अपराधीहरूलाई समात्ने, छानबिन गर्ने र फेरि सेटिङमा छाड्ने प्रवृत्तिले देश बर्बाद भएको बताएका छन्।

    राईले भने, मेरो–तेरो नभनीकन फटाहालाई कर्‍यापझ्याप पारेर हानौँ न कोर्राले । त्यस्तो कानुन बनाऔँ, यही हो कानुन बनाउने ठाउँ,’। राईले मायाले छानबिन गरेर र सोधपुछ गरेर अपराधीहरू नसुध्रिने दाबी गर्दै बेथितिको समूल नष्ट गर्न कोर्रा नै अन्तिम विकल्प भएको बताएका छन्।

    देशमा कोही पनि सुरक्षित नरहेको भन्दै उनले सांसदहरूले समेत असुरक्षित महसुस गरिरहेको बताएका छन्।

     

    प्रकाशित मिति :श्रावण २६ २०८३ मंगलवार - १४:२६:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij