Logo

२०८३ आश्विन १३ गते मंगलवार

२०८३ आश्विन १३ गते मंगलवार

जापान पठाइदिन्छु भन्दै ११५ जनाबाट २ करोड ८० लाख ठगी गर्ने युवक पक्राउ

जापान पठाइदिन्छु भन्दै ११५ जनाबाट २ करोड ८० लाख ठगी गर्ने युवक पक्राउ


  • 1.4K
    Shares

    जापान पठाइदिन्छु भन्दै ११५ जनाबाट २ करोड ८० लाख ठगी गर्ने युवक पक्राउ
    images

    काठमाडौं ।  जापान पठाइदिने भन्दै ११५ जनाबाट २ करोड ८० लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका–७ चाङ्गाथलीका २९ वर्षीय प्रतीक बुढाथोकी रहेका छन्।

    वैदेशिक रोजगार विभागबाट जारी भएको पक्राउ पुर्जीका आधारमा उनलाई सोमबार बुटवलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

    प्रहरीका अनुसार बुढाथोकीले ‘गेटस्वि इन्टरनेशनल प्रालि’ नामको कन्सल्टेन्सी सञ्चालन गरी विभिन्न व्यक्तिलाई जापान पठाइदिने प्रलोभन देखाउँदै रकम उठाएका थिए। उनले ११५ जनाबाट कुल २ करोड ८० लाख रुपैयाँ लिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

    बुढाथोकीमाथि वैदेशिक रोजगारसम्बन्धी ठगी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    प्रकाशित मिति :श्रावण २६ २०८३ मंगलवार - १४:१५:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij