Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

प्रधानमन्त्रीको कार्यशैली र सरकारको कार्यसम्पादनप्रति काँग्रेस सांसद आलोचना

प्रधानमन्त्रीको कार्यशैली र सरकारको कार्यसम्पादनप्रति काँग्रेस सांसद आलोचना


  • 589
    Shares

    प्रधानमन्त्रीको कार्यशैली र सरकारको कार्यसम्पादनप्रति काँग्रेस सांसद आलोचना
    images

    काठमाडौं । नेपाली काँग्रेसका सांसद भरतबहादुर स्वाँरले प्रधानमन्त्रीको अभिव्यक्ति, सीमा समस्या र सरकारको फितलो कार्यसम्पादनलाई लिएर आलोचना गरेका छन् । 

    प्रतिनिधि सभाको मङ्गलवारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद स्वाँरले राष्ट्रिय सार्वभौमिकता, सुशासन र जनसरोकारका विषयमा सरकार गम्भीर नभएको आरोप लगाएका हुन् । सांसद स्वाँरले प्रधानमन्त्रीले नै ‘नेपालले भारतको जग्गा मिचेको’ भनी दिएको भनिएको अभिव्यक्तिको विरोध गर्दै यसले राष्ट्रको स्वाभिमानमा चोट पु¥याएको उल्लेख गरेका छन्।

    भारतले लिम्पियाधुरा, कालापानी र सुस्ता लगायतका नेपाली भूभाग अतिक्रमण गरेको तथ्य जगजाहेर हुँदाहुँदै पनि प्रधानमन्त्री मूकदर्शक बनेको र उल्टै विवादास्पद अभिव्यक्ति दिएको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका छन् । साथै, नयाँ जारी गरिएको चुच्चे नक्शा एक रुपैयाँको सिक्कामा नराखिएको विषयमा पनि उनले सरकारको नियतमाथि प्रश्न उठाएका छन् । 

    भ्रष्टाचारका सन्दर्भमा बोल्दै सांसद स्वाँरले सबै राजनीतिक दलका नेता, कर्मचारी र तिनका आफन्तहरूको सम्पत्ति छानबिन गर्न सरकारलाई चुनौती दिएका छ्न् । उनले विभिन्न समयमा गठित छानबिन समितिका प्रतिवेदनहरू सार्वजनिक नगरेर सरकारले दोषीलाई संरक्षण गरिरहेको आरोप समेत लगाएका छन् ।

    सदनमा प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै उनले भने, ‘सभामुखले पटक–पटक आग्रह गर्दा पनि प्रधानमन्त्री सदनमा आएर जवाफ दिन तयार हुनुहुन्न । उहाँ कुन बाध्यताका कारण पन्छिरहनुभएको छ रु मैले व्यक्तिगत स्वार्थका लागि होइन, सुदूरपश्चिमका जनताका समस्या राख्न समय मागेको थिएँ । जनप्रतिनिधिलाई समय नदिनु समग्र सुदूरपश्चिमका जनतामाथिको अपमान हो ।’

     

    images
    प्रकाशित मिति :श्रावण २६ २०८३ मंगलवार - १३:३७:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij