२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार अपराह्न ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा मन्त्रिपरिषद् बैठक बस्न लागेको हो।
बैठकमा विभिन्न सरकारी नियुक्ति, समसामयिक विषय तथा सरकारका नियमित कामकारबाहीबारे छलफल र निर्णय हुने जनाइएको छ।
मन्त्रिपरिषद् बैठकले केही महत्त्वपूर्ण प्रशासनिक तथा नीतिगत निर्णय गर्न सक्ने बताइएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij