Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

व्यवसायी शेखर गोल्छाको बयान सुरु

व्यवसायी शेखर गोल्छाको बयान सुरु


  • 407
    Shares

    व्यवसायी शेखर गोल्छाको बयान सुरु
    images

    काठमाडौं । सम्पत्ति शुद्धीकरणको अभियोगमा मुद्दा दायर गरिएका व्यवसायी शेखर गोल्छाको विशेष अदालतमा बयान सुरु भएको छ ।

    विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य र सदस्यद्वय हेमन्त रावल र विदुर कोइरालाको इजलासमा बयान चलिरहेको छ । बयानपछि आजै थुनछेकसम्बन्धी बहस सुरु हुने भएको छ ।

    थुनछेक बहस सकिएपछि आजै पुर्पक्षका निम्ति थुनामा, धरौटी वा साधारण तारिखबारे अदालतले निर्णय गर्नेछ । सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ अन्तर्गत दायर यो मुद्दामा गोल्छाविरुद्ध ५२ करोड ५० लाख रुपैयाँ बराबरको बिगो दाबी गरिएको छ ।

     

    images
    प्रकाशित मिति :श्रावण २६ २०८३ मंगलवार - १२:५०:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij