Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

देवघाटका भूमिहीनलाई जग्गा उपलब्ध गराउने तयारी

देवघाटका भूमिहीनलाई जग्गा उपलब्ध गराउने तयारी


  • 589
    Shares

    देवघाटका भूमिहीनलाई जग्गा उपलब्ध गराउने तयारी
    images

    काठमाडौं । तनहुँको देवघाट गाउँपालिकाबाट प्रमाणीकरण भई आएका १४ भूमिहीन दलित तथा सुकुमवासीलाई जग्गा उपलब्ध गराउने प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।

    जिल्ला भूमि समस्या समाधान समिति तनहुँले उनीहरुलाई जग्गा उपलब्ध गराउने उद्देश्यका साथ सोमबार लाभग्राहीको अवस्थाबारे स्थलगत निरीक्षण गरेको थियो ।

    समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारी नेतृत्वको टोलीले देवघाट गाउँपालिका–१ मा रहेका १४ जना लाभग्राहीको घरजग्गामा पुगेर उनीहरूको वास्तविक अवस्थाबारे जानकारी लिएको हो । टोलीमा समितिका पदाधिकारीका साथै देवघाट गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीको सहभागिता थियो ।

    कानुनी व्यवस्था अनुसार, गाउँपालिकाबाट सिफारिस भई आएका आवेदकको दाबी, विरोध तथा संशोधनका लागि समितिले यसअघि नै सातदिने सार्वजनिक सूचना जारी गरिसकेको थियो । समितिका अध्यक्ष तिवारीले स्थलगत अध्ययन सम्पन्न भएकाले अब लाभग्राहीले चाँडै जग्गा प्राप्त गर्ने जानकारी दिए ।  

     

    images
    प्रकाशित मिति :श्रावण २६ २०८३ मंगलवार - १२:४१:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij