२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । प्रतिनिधि सभामा तीन वटा विधेयक पेश भएका छन् । सभाको सोमवारको बैठकमा सरकारको तर्फबाट मन्त्रीहरुले तीन वटा विधेयक प्रश्तुत गरेका हुन् ।
बैठकमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले कर्मचारी सञ्चय कोष (दशौं संशोधन) विधेयक, २०८३ प्रश्तुत गरेका छन् । कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले मेलमिलाप सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ प्रश्तुत गरेकी छन् ।
त्यसैगरी युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३ प्रश्तुत गरेका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij