Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

झुम्का कारागारबाट भागेका भारतीय कैदी पक्राउ

झुम्का कारागारबाट भागेका भारतीय कैदी पक्राउ


  • 526
    Shares

    झुम्का कारागारबाट भागेका भारतीय कैदी पक्राउ
    images

    काठमाडौं । गत वर्ष भदौको जेनजी आन्दोलनमा भागेका भारतीय कैदी धरानमा पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय धरानकाअनुसार पक्राउ पर्नेमा भारतको भागलपुर जिल्लाको हबिपुरबस्ने ३२ बर्षीय मोहम्मद सहजादा रहेका छन् ।

    लागुऔषध मुद्दामा पक्राउ परेका साहजादालाई सुनसरी जिल्ला अदालतको ०८२ बैशाख ७ गतेको फैसलाले १ लाख ४० हजार रुपैयासहित ३ बर्ष ६ महिनाको कैद जरिबाना तोकेको थियो ।

    अदालतको फैसालअनुसार सुनसरीको झुम्का कारागारमा कैद भुक्तान गरिरहेका साहजादा गत भदौ २४ गतेको जेनजी आन्दोलनको मौकामा फरार भएका थिए।

    धरान–७ शान्तिपथमा कोठा भाडामा लिएर धरान, इटहरी र विराटनगरमा लागुऔषधको कारोबार, ओसारपसार गदै आएका साहजादालाई पक्राउपछि फेरि झुम्का कारागारमा पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

     

    images
    प्रकाशित मिति :श्रावण २५ २०८३ सोमवार - १६:१२:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij