Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

प्रधानमन्त्रीलाई काउचाको आग्रह– कालो चस्मा खोलेर हेर्नुस्, प्रतिपक्ष साथमै छ

प्रधानमन्त्रीलाई काउचाको आग्रह– कालो चस्मा खोलेर हेर्नुस्, प्रतिपक्ष साथमै छ


  • 449
    Shares

    प्रधानमन्त्रीलाई काउचाको आग्रह– कालो चस्मा खोलेर हेर्नुस्, प्रतिपक्ष साथमै छ
    images

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मुलुकको हित र सीमा रक्षा जस्ता सकारात्मक कदममा प्रतिपक्ष सधैँ सरकारको साथमा रहने बताएको छ । 

    सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै कांग्रेस सांसद रेनुका काउचाले प्रधानमन्त्री बालेन्द्र शाहले पछिल्लो समय सामाजिक सञ्जालमार्फत व्यक्त गरेको एक्लो महसुस भएको अभिव्यक्तिप्रति लक्षित गर्दै यस्तो धारणा राखेकी हुन् । 

    सांसद काउचाले प्रधानमन्त्रीलाई कालो चस्मा खोलेर हेर्न आग्रह गर्दै भनिन्, ‘तपाईं एक्लो हुनुहुन्न । मुलुकको हितमा तपाईंले चाल्ने सही कदममा प्रतिपक्ष तपाईंको साथमा छ । तर विधि, प्रक्रिया र संसदीय मर्यादा उल्लङ्घन हुँदा प्रतिपक्ष मौन बस्न सक्दैन ।’

    प्रधानमन्त्रीले संसद्‌मा उठेका प्रश्नहरूलाई घेराबन्दीको रूपमा बुझ्न नहुने उनको तर्क थियो । 

    प्रधानमन्त्रीले संसद्को रोस्टममा उभिएर सीमा सम्बन्धी दिएको विवादास्पद अभिव्यक्तिको उनले आलोचना गरिन् । सीमा जस्तो संवेदनशील विषयमा तथ्य र प्रमाणका आधारमा बोल्नुपर्नेमा राजनीतिक आवेगमा दिइने अभिव्यक्तिले अन्तर्राष्ट्रिय साख र कूटनीतिक विश्वसनीयतामा धक्का पुग्ने उनले चेतावनी दिइन् । उनले भनिन्, ‘गल्ती स्वीकार गर्नु कमजोरी होइन, सत्य सच्याउनु नेतृत्वको शक्ति हो । यदि अन्तर्मनले चाहन्छ भने जनता र संसद्सँग क्षमा माग्नुहोस्, यसले तपाईंको लोकतान्त्रिक कद घटाउँदैन, बरु बढाउँछ ।’

     

     

    images
    प्रकाशित मिति :श्रावण २५ २०८३ सोमवार - १३:४७:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij