Logo

२०८३ आश्विन १३ गते मंगलवार

२०८३ आश्विन १३ गते मंगलवार

यलुङ–री हिमपहिरोमा बेपत्ता पाँच आरोहीको शव भेटियो

यलुङ–री हिमपहिरोमा बेपत्ता पाँच आरोहीको शव भेटियो


  • 722
    Shares

    यलुङ–री हिमपहिरोमा बेपत्ता पाँच आरोहीको शव भेटियो
    images

    काठमाडौं । दोलखाको गौरीशङ्कर गाउँपालिका–९ स्थित रोल्वालिङ क्षेत्रको यलुङ–री हिमालमा हिमपहिरोमा परी बेपत्ता भएका पाँच आरोहीको शव भेटिएको छ।

    जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार गत वर्ष कात्तिक १७ गते यलुङ–री हिमाल आरोहणका क्रममा हिमपहिरोमा परेर बेपत्ता भएका आरोहीहरूको शव भेटिएको हो।

    स्थानीयले पाँचवटा शव देखिएको जानकारी दिएपछि ड्रिम डेस्टिनेसन ले शव सङ्कलन र पहिचानका लागि हेलिकोप्टर पठाएको थियो। खराब मौसमका कारण ढिलाइ भए पनि सोमबार हेलिकोप्टर घटनास्थल पुगेको र तीनवटा शव गोंगर ल्याइएको प्रहरीले जनाएको छ। बाँकी दुई शव ल्याउन पुनः हेलिकोप्टर घटनास्थलतर्फ गएको छ।

    प्रहरीका अनुसार मौसम अनुकूल भए आजै पाँचवटै शव गोंगर ल्याइनेछ।

    गत वर्ष नेपाली तथा विदेशी गरी १५ जना आरोही ५ हजार ६३० मिटर उचाइमा रहेको यलुङ–री हिमाल आरोहणका लागि गएका थिए। हिमपहिरोमा परेका आठ जनाको उद्धार भए पनि सात जना बेपत्ता भएका थिए।

    त्यसमध्ये दोलखाका पदम तामाङ र सोलुखुम्बुका मेरे कार्कीको शव यसअघि नै भेटिएको थियो भने बाँकी पाँच जनाको शव अहिले फेला परेको हो।

    बेपत्ता हुने पाँच विदेशी आरोहीमा फ्रान्सकी मेनफेडी क्रिस्टिना एन्ड्रे, इटालीका पाउलो कोको र मार्कोस किरचिलर, जर्मनीका ज्याकोब इसरिवर तथा क्यानडाका मार्को डि मारसेलो रहेका थिए।

    प्रकाशित मिति :श्रावण २५ २०८३ सोमवार - १३:३२:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij