Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

पाल्पाको तिनाउमा जिप दुर्घटना हुँदा चालकसहित १० जना घाइते

पाल्पाको तिनाउमा जिप दुर्घटना हुँदा चालकसहित १० जना घाइते


  • 379
    Shares

    पाल्पाको तिनाउमा जिप दुर्घटना हुँदा  चालकसहित १० जना घाइते
    images

    काठमाडौं । पाल्पाको तिनाउ गाउँपालिका-४ चिउरी डाँडास्थित भित्री कच्ची सडक खण्डमा जिप दुर्घटना हुँदा चालकसहित १० जना घाइते भएका छन् ।

    झुम्सा–सत्यवती-धसमिघा सडक खण्डमा माझगढी गाउँपालिका-५ बंसीङ डाँडाबाट बुटवलतर्फ जाँदै गरेको लु१ज २२३७ नम्बरको मुस्ताङ पिकअप जिप सोमबार बिहान करिब ७:०० बजे अनियन्त्रित भई दुर्घटना भएको हो ।

    सडकबाट करिब ११० मिटर तल खसेको जिप दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी दोभान पाल्पाबाट खटिएको प्रहरी टोली घटनास्थल पुगी घाइतेहरूको उद्धार गरेको थियो ।

    दुर्घटनामा जिपका चालक देवकुमार घर्तीसहित अन्य १० जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर र ९ जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

    घाइतेहरूलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल रुपन्देही पठाइएको छ। हालसम्म घाइतेहरूको नाम, थर र ठेगाना खुल्न सकेको छैन । घटनाको बारेमा थप अनुसन्धान जारी रहेको पाल्पा प्रहरीले जनाएको छ।

     

    images
    प्रकाशित मिति :श्रावण २५ २०८३ सोमवार - १०:५९:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij