Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

एसियाली सेयर उकालो लाग्दा तेलको भाउमा पनि वृद्धि

एसियाली सेयर उकालो लाग्दा तेलको भाउमा पनि वृद्धि


  • 771
    Shares

    एसियाली सेयर उकालो लाग्दा तेलको भाउमा पनि वृद्धि
    images

    काठमाडौं । अमेरिकाको फितलो रोजगारी प्रतिवेदनले तत्कालै ब्याजदर बढ्ने जोखिम घटाएपछि सोमबार एसियाली सेयर बजार उकालो लागेको छ। वाल स्ट्रिटको सकारात्मक प्रभाव एसियाली बजारमा देखिए पनि खाडी क्षेत्रको शान्ति वार्तामा प्रगति नहुँदा कच्चा तेलको मूल्य भने बढेको छ।

    इरानले आइतबार ओमानसँग स्ट्रेट अफ होर्मुजमा नयाँ समुद्री मार्ग तोक्ने सम्झौता अन्तिम चरणमा पुगेको बताएको छ। यद्यपि अमेरिकाले अन्य सर्तहरू पूरा गरेपछि मात्र उक्त महत्त्वपूर्ण जलमार्ग पूर्ण रूपमा खुल्ने इरानले पुनः दोहोर्‍याएको छ। 

    जलमार्गबाट हुने ढुवानी अझै सुस्त रहेकाले ब्रेन्ट क्रुड ०.९ प्रतिशतले बढेर प्रतिब्यारेल ८४.३२ डलर पुगेको छ। उता अमेरिकी क्रुड ०.७ प्रतिशतले वृद्धि भई प्रतिब्यारेल ७८.७४ डलर पुगेको छ।

    इन्धनको मूल्यमा भएको यो वृद्धिले बुधबार सार्वजनिक हुने अमेरिकी जुलाई उपभोक्ता मूल्य प्रतिवेदनको महत्त्व बढाएको छ। विश्लेषकहरूले यस पटक मुख्य मूल्य सूचकाङ्कमा ०.१ प्रतिशत र कोर सूचकाङ्कमा ०.२ प्रतिशतको वृद्धिको अनुमान गरेका छन्।

    मूल्यवृद्धि सोचेभन्दा बढी भएमा आगामी महिना फेडरल रिभर्जले ब्याजदर बढाउन सक्ने अनुमान फेरि सुरु हुन सक्छ। 

    फ्युचर्स मार्केटले सेप्टेम्बरमा ब्याजदर बढ्ने सम्भावनालाई अघिल्लो साताको ६७ प्रतिशतबाट घटाएर ४४ प्रतिशतमा झारेको छ। ब्याजदर नबढ्ने सम्भावनाले शुक्रबार अमेरिकी ट्रेजरी बन्ड बलियो भयो र वाल स्ट्रिट कीर्तिमानी उचाइमा बन्द भयो। 

    त्यसैको प्रभावले सोमबार जापानको निक्केई ०.६ प्रतिशत र दक्षिण कोरियाको सेयर सूचकाङ्क ०.५ प्रतिशतले बढेका छन्। जापान बाहेकको एसिया(प्यासिफिक क्षेत्रको एमएससीआई फराकिलो सूचकाङ्क पनि ०.३ प्रतिशतले माथि उकेलिएको छ।

     

    images
    प्रकाशित मिति :श्रावण २५ २०८३ सोमवार - १०:५५:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij