Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

काठमाडौं बनस्थली क्षेत्रमा लुटपाटको आतंक मच्चाउने ४ जना पक्राउ

काठमाडौं बनस्थली क्षेत्रमा लुटपाटको आतंक मच्चाउने ४ जना पक्राउ


  • 554
    Shares

    काठमाडौं  बनस्थली क्षेत्रमा लुटपाटको आतंक मच्चाउने ४ जना पक्राउ
    images

    काठमाडौं । बनस्थली क्षेत्रमा लुटपाटको आतंक मच्चाएको आरोपमा चार जना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेहरुमा उदयपुरको उदयपुरगढी गाउँपालिका–५ का ३१ वर्षीय चुरन मगर, तनहुँको सुक्लागण्डकी नगरपालिका–५ का ३३ वर्षीय राजकुमार गुरुङ, महोत्तरीको बर्दिबास नगरपालिका–३ का ३३ वर्षीय प्रशान्त जंग शाही र रामेछाप नगरपालिका–५ का ३१ वर्षीय विजय बाबु घिसिङ छन् ।

    प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुविरुद्ध ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको काठमाडौं परिसरका एसपी तथा प्रवक्ता दानबहादुर थापाले बताए ।

    उनीहरुबाट प्रहरीले ५७ हजार ९६ रुपैयषँ ताल्चा, ह्याक्सो ब्लेड पनि बरामद भएको छ ।

    images
    प्रकाशित मिति :श्रावण २५ २०८३ सोमवार - १०:४९:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij