Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

आज शिक्षासहित चारवटा समितिको बैठक बस्दै

आज शिक्षासहित चारवटा समितिको बैठक बस्दै


  • 680
    Shares

    आज शिक्षासहित चारवटा समितिको बैठक बस्दै
    images

    काठमाडौँ । संघीय संसद अन्तर्गत विभिन्न चारवटा समितिको बैठक बस्दैछ । आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, पूर्वाधार विकास समिति, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्न लागेको हो ।

    शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान ९ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ को सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।

    यस्तै, पूर्वाधार विकास समितिको बैठक बिहान १० बजे समितिको बैठककक्ष सिंहदरबारमा बस्नेछ । बैठकमा समितिको आन्तरिक क्रियाकलापहरुको समीक्षा, राष्ट्रिय गौरवका आयोजना अध्ययन उपसमितिको प्रतिवेदनलगायत विषयमा छलफल गर्ने कार्यक्रम छ ।

    यसैगरी, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा समितिको बैठक सञ्चालन कार्यविधि सम्बन्धमा छलफल हुनेछ ।

    विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान साढे ११ बजे बस्नेछ । बैठकमा ‘राष्ट्रिय सदाचार नीति–२०८३ को कार्यान्वयनको सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।

    images
    प्रकाशित मिति :श्रावण २५ २०८३ सोमवार - ०८:३०:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij