Logo

२०८३ आश्विन १३ गते मंगलवार

२०८३ आश्विन १३ गते मंगलवार

भक्तपुरको सुधार गृहमा युवकको मृत्यु

भक्तपुरको सुधार गृहमा युवकको मृत्यु


  • 1.1K
    Shares

    भक्तपुरको सुधार गृहमा युवकको मृत्यु
    images

    काठमाडौं । भक्तपुरको एक सुधार गृहमा युवकको मृत्यु भएपछि अवस्था तनावपूर्ण बनेको छ।

    जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार सूर्यविनायक नगरपालिका–१ सिरुटारस्थित उत्साहित सुधार गृहमा राखिएका एक युवकको मृत्यु भएको हो।

    प्रहरीका अनुसार ती युवकलाई उपचारका लागि अस्पताल लगिएको थियो। उपचारकै क्रममा आइतबार बिहान करिब ४ बजे उनको मृत्यु भएको बताइएको छ।

    तर सुधार गृहमा रहेका अन्य व्यक्तिहरूले भने उनको कुटपिट गरी हत्या गरिएको आरोप लगाएका छन्। उनीहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाहीको माग छन्।

    घटनापछि सम्भावित तनावलाई नियन्त्रण गर्न प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

    प्रकाशित मिति :श्रावण २४ २०८३ आइतवार - १८:२२:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij