२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । ललितपुरको बीएण्डबी अस्पतालमा एक जना किशोरीको डिम्ब निकालेको घटनामा प्रहरीले डा. नूतन शर्मासँग बयान लिएको छ ।
ग्वार्कोस्थित बिएण्डबी अस्पतालको आइभिएफ सेन्टरमा १७ वर्षीया किशोरीको डिम्ब निकालिएको आरोप छ । सो घटनामा डा. शर्माको संलग्नता देखिएपछि ललितपुर प्रहरीले उनीमाथि अनुसन्धान गरिरहेको छ ।
शुक्रबार डा।शर्माको बयान लिएर हाजिर जमानीमा रिहा गरिएको ललितपुरका एसएसपी तुलबहादुर कार्कीले बताएका छन्।
किशोरीको अण्डा निकाल्ने चिकित्सक र बिचौलियाबारे अनुसन्धान गर्न माग गर्दै साउन १ मा पीडित परिवारले जिल्ला प्रहरी परिसर ललितपुरमा जाहेरी दिएका थिए । डा.शर्मामाथि अनुसन्धान जारी रहेको एसएसपी काकीले बताएका छन् ।
यसअघि प्रहरीले लमजुङ घर भएर इमाडोलमा व्युटिसियनको काम गर्दै आएकी राधिका गोतामेलाई पक्राउ गरेको थियो । उनलाई पनि हाजिर जमानीमा राखिएको छ ।
.
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij