Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

काठमाडौँतर्फ आउँदै गरेको गाडी दुर्घटना हुँदा ४ जना घाइते, २ को अवस्था गम्भीर

काठमाडौँतर्फ आउँदै गरेको गाडी दुर्घटना हुँदा ४ जना घाइते, २ को अवस्था गम्भीर


  • 2.4K
    Shares

    काठमाडौँतर्फ आउँदै गरेको गाडी दुर्घटना हुँदा ४ जना घाइते, २ को अवस्था गम्भीर
    images

    सिन्धुलीमा गाडी दुर्घटना हुँदा चारजना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। 

    जिल्ला प्रहरी कार्यालय सिन्धुलीकाअनुसार बीपी राजमार्गमा पर्ने गोलन्जोर गाउँपालिका- ५ छब्बिस भन्ने ठाउँमा मोरङबाट काठमाडौँतर्फ आउँदै गरेको बा.५ ख ५९८४ नम्बरको हाइस गाडी ब्रेक फेल भएर दुर्घटना भएको हो। 

    दुर्घटनामा घनुषाको गणेशमान चारनाथ नगरपालिका-७ बस्ने वर्ष २२ की रुवी साह  र मोरङको सुन्दर हरैचा नगरपालिका-१२ बस्ने वर्ष १९ का समित भुजेल गम्भीर घाइते भएका छन्। 

    रुवीको टाउको र अनुहार तथा समितको शरीरका विभिन्न भागमा चोट लागेकाले अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। त्यसैगरी मोरङकै सुन्दर हरैचा नगरपालिका-१२ का २० वर्षीय उज्वल चौधरी र सुनसरीको इटहरी उपमहानगरपालिका-१७ बस्ने वर्ष ४२ का दुर्गानन्द शर्मा सामान्य घाइते भएका छन्। 

    गाडीमा चालकसहित १४ जना सवार थिए। घाइते सबैलाई उपचारको लागि जिल्ला अस्पताल सिन्धुली पठाएको प्रहरीले जनाएको छ। 

    प्रहरीले चालक मोरङको बेलबारी-३ बस्ने २५ वर्षीय उमेश श्रेष्ठलाई नियन्त्रणमा लिएको छ।

    images
    प्रकाशित मिति :श्रावण २४ २०८३ आइतवार - ०५:४७:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij