Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

शनिबार नै ठूलो भर्‍याङ र जमलमा आगलागी, दमकलको सहयोगमा नियन्त्रण

शनिबार नै ठूलो भर्‍याङ र जमलमा आगलागी, दमकलको सहयोगमा नियन्त्रण


  • 904
    Shares

    शनिबार नै ठूलो भर्‍याङ र जमलमा आगलागी, दमकलको सहयोगमा नियन्त्रण
    images

    काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका–२ स्थित ठूलो भर्‍याङमा शनिबार भएको आगलागी नियन्त्रणमा आएको छ । सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले दमकलको सहयोगमा नियन्त्रणमा लिएको हो ।

    सोही ठाउँमा रहेको मञ्जु श्री ट्रेडर्सको दोस्रो तलामा विद्युतीय तार सर्ट भई आगलागी भएको थियो । प्रहरीका अनुसार, आगलागीबाट करिब २२ लाख रुपैयाँबराबरको धनमाल जलेर नष्ट भएको छ । 

    आगलागीपछि सशस्त्र प्रहरी बल नेपाल नं. १९ बगलमुखी विशेष कार्यदल गणबाट खटिएको टोली नियन्त्रणमा खटिएको थियो । यसैगरी काठमाडौ महानगरपालिका–२७ जमलमा शनिबार नै भएको आगलागी नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय वासिन्दाले दमकलको सहयोगमा नियन्त्रणमा लिएको छ ।

    सोही ठाउँ बस्ने एक स्थानीयको चारतले घरमा अचानक आगलागी भएको थियो । सशस्त्र प्रहरी बल नेपाल नं. १८ बागभैरव गणबाट खटिएको टोलीले आगो नियन्त्रणमा ल्याएका थिए ।

    images
    प्रकाशित मिति :श्रावण २३ २०८३ शनिवार - २१:३३:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij