२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनबीच शुक्रबार भेटवार्ता भएको छ। मानसिक अस्पताल,लगनखेल अगाडि निर्माण हुन लागेको अपाङ्गमैत्री पुलसहित महानगरपालिकाभित्रको समग्र स्वास्थ्य क्षेत्रका विषयमा छलफल भएको छ।
शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा भएको भेटवार्तामा पुल निर्माण तथा समग्र स्वास्थ्य सेवा विस्तारका विषयमा छलफल भएको हो।
भेटवार्तामा ललितपुर महानगरपालिकाभित्र रहेका सरकारी अस्पतालको सेवा सुधारका लागि आवश्यक स्वास्थ्य उपकरण,पूर्वाधार विकास तथा सङ्घीय सरकार र स्थानीय तहबिचको समन्वय र सहकार्यका विषयमा समेत छलफल भएको थियो। मन्त्री मेहताले स्वास्थ्य संस्थाको सेवा सुधार र विस्तारलाई प्राथमिकतामा राखिएको बताएकी थिइन् ।
महानगरपालिका प्रमुख महर्जनले महानगर क्षेत्रका स्वास्थ्य संस्थाको सेवा सुधार तथा पूर्वाधार विकासमा आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij