Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

महालक्ष्मी विकास बैंकद्वारा शिशु स्याहार कक्ष तथा डे केयर सञ्चालन

महालक्ष्मी विकास बैंकद्वारा शिशु स्याहार कक्ष तथा डे केयर सञ्चालन


  • 939
    Shares

    महालक्ष्मी विकास बैंकद्वारा शिशु स्याहार कक्ष तथा डे केयर सञ्चालन
    images

    काठमाडौं । विश्व स्तनपान सप्ताह २०२६ (अगस्ट ०१ देखी अगस्ट ०७) को अवसरमा महालक्ष्मी विकास बैंकले आफ्ना महिला कर्मचारीहरुको शिशु मातृत्वलाई प्राथमिकतामा राख्दै केन्द्रिय कार्यालय, दरबमारमार्गमा शिशु स्याहार कक्ष तथा डे केयर सञ्चालनमा ल्याएको छ ।

    स्तनपान गराईरहेका महिला कर्मचारीहरुलाई सुरक्षित, सहज, स्वच्छ तथा गोपनीय वातावरण उपलब्ध गराउने उद्धेश्यले शिशु स्याहार कक्ष तथा डे केयरको स्थपना गरिएको हो ।

    हिजो आयोजित एक कार्यक्रमका बीच महालक्ष्मी महिला नेतृत्व तथा विकास फोरमको अध्यक्षले उक्त स्याहार कक्षको उद्घाटन गरेकी हुन् ।

    महिला कर्मचारीहरुको नेतृत्व क्षमता अभिवृद्धि गर्दै संस्थागत विकासमा थप प्रभावकारी भुमिका निर्वाह गराउने, पेशागत दक्षता तथा आत्मविश्वास अभिवृद्धि गर्ने, कार्यस्थलमा समान अवसर र समावेशी वातावरणलाई प्रवद्र्धन गर्ने तथा महिला सशक्तिकरण सम्बन्धी विविध कार्यक्रम सञ्चालन गर्ने लगायतका गतिविधिहरु गर्दैै आएको उक्त फोरम बैंकको ३२ औं वार्षिक उत्सवको अवसरमा गठन गरिएको थियो ।

    महालक्ष्मी विकास बैंकले समावेशिता र लैङ्गिक समानतालाई प्राथमिकतामा राख्दै आएको छ । कर्मचारीमैत्री, परिवारमैत्री तथा समावेशी कार्यसंस्कृती निर्माण गर्दै मातृत्वप्रतिको सम्मान, कार्य–जीवन सन्तुलन तथा कर्मचारी कल्याणलाई प्रबद्र्धन गर्ने बैंकको र्दीघकालीन प्रतिबद्धताको निरन्तरता स्वरुप यो पहल गरिएको हो । 


     

     

    images
    प्रकाशित मिति :श्रावण २२ २०८३ शुक्रवार - १६:२६:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij