Logo

२०८३ आश्विन १३ गते मंगलवार

२०८३ आश्विन १३ गते मंगलवार

भदौदेखि आन्दोलन गर्ने शिक्षक महासंघको निर्णय

भदौदेखि आन्दोलन गर्ने शिक्षक महासंघको निर्णय


  • 1.3K
    Shares

    भदौदेखि आन्दोलन गर्ने शिक्षक महासंघको निर्णय
    images

    काठमाडौं ।  नेपाल शिक्षक महासङ्घले आगामी भदौदेखि आन्दोलन गर्ने निर्णय गरेको छ । 

    शुक्रबार तेस्रो राष्ट्रिय परिषद्का निर्णयहरू सार्वजनिक गर्दै महासङ्घले विगतका सहमति तथा पेसागत हकहितका विषयहरू सम्बोधन नभए आगामी भदौदेखि आन्दोलनमा उत्रने निर्णय गरेको हो। परिषद् बैठकले आगामी भदौबाट आन्दोलन गर्ने लगायतका १५ बुँदे निर्णय सार्वजनिक गरेको छ ।

    महासङ्घको संशोधित विधान पारित गरी शिक्षा तथा खेलकुद मन्त्रालयमा स्वीकृतिका लागि पेस गरिसकिएको जानकारी दिँदै परिषद्ले चालु आर्थिक वर्ष २०८३\०८४ को बजेटमा प्रारम्भिक बालविकास शिक्षक, विद्यालय कर्मचारी तथा सिकाइ अनुदान शिक्षकहरूलाई तलब वृद्धि, प्रोत्साहन भत्ता र महँगी भत्ताबाट वञ्चित गराइएको भन्दै तीव्र विरोध जनाएको छ ।

    साथै, २०८२ वैशाख १७ गतेको मन्त्रिपरिषद् निर्णय अनुसारको दुर्गमरस्थानीय भत्ता सबै शिक्षकलाई उपलब्ध गराउन र बालविकास शिक्षक तथा विद्यालय कर्मचारीका लागि दरबन्दी सिर्जना गरी सेवा सुविधा सुनिश्चित गर्न सरकारसँग जोडदार माग गरिएको छ । 

    महासङ्घले अस्थायी, राहत, साबिक उमावि, करार तथा प्राविधिक धारका शिक्षक र कर्मचारीको पेसागत सुरक्षाका लागि आफू नै आधिकारिक संस्था भएको स्पष्ट पार्दै अनधिकृत रूपमा फारम भराउने वा रकम सङ्कलन गर्ने कार्यप्रति ध्यानाकर्षण गराएको छ ।महासङ्घ विगतका शैक्षिक आन्दोलनमा सहभागी सबै शिक्षक, कर्मचारी तथा घाइतेहरूप्रति आभार व्यक्त गर्दै सम्पूर्ण शिक्षक-कर्मचारीलाई एकताबद्ध हुन आह्वान गरेको छ।

    T3.jpgT4.jpg

    T2.jpg

    T1.jpg

     

    प्रकाशित मिति :श्रावण २२ २०८३ शुक्रवार - १५:०६:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij