२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद टिका सङ्ग्रौला ९ज्वाला० ले विपन्न र गरिब नागरिकको मृत्यु हुँदा दाहसंस्कारका लागि राज्यले निःशुल्क व्यवस्था गर्नुपर्ने माग गरेकी छन् ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद ज्वालाले आफ्नो पार्टीको सरकारले पशुपति आर्यघाटमा लास जलाउने पैसा नभएर एक नागरिकले आफूसँग सहयोग मागेको घटना सुनाउँदै सरकारको ध्यानाकर्षण गराएकी हुन् ।
सांसद सङ्ग्रौलाले आज बिहानै पशुपति आर्यघाटबाट एक विपन्न नागरिकले फोन गरेर आफ्नो आफन्तको लास दाहसंस्कार गर्न पैसा नभएको भन्दै सहयोगको याचना गरेको बताइन् ।
‘त्यो फोनले मलाई एकछिन झस्कायो र दुःखी बनायो,’ उनले भनिन्– ‘बाँचुन्जेल अनेक शीर्षकमा कर तिर्ने नागरिकले मर्दा पनि सम्मानजनक अन्तिम संस्कार नपाउनु दुःखद छ।’
राज्यले नागरिकबाट कर मात्र लिने नभई उनीहरूको अन्तिम यात्रालाई सहज बनाउने जिम्मेवारी पनि लिनुपर्ने उनको तर्क थियो । उनले भनिन्, ‘यो देशको गरिब र निमुखा मर्दा कम्तीमा एक भारी दाउरा, एउटा शरीर ओगट्ने स्थान र एक काँटी सलाई राज्यले निःशुल्क उपलब्ध गराउनुपर्छ।’
सङ्ग्रौलाले सरकारले जसको कोही छैन उसको सरकार भन्ने नारालाई व्यवहारमा उतार्न आग्रह गरिन् । ‘
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij