Logo

२०८२ पौष ४ गते शुक्रवार

२०८२ पौष ४ गते शुक्रवार

सीइडीबी हाइड्रोपावरको शेयर कारोबार खुला, सकारात्मक सर्किट लागेर बढ्यो मुल्य

सीइडीबी हाइड्रोपावरको शेयर कारोबार खुला, सकारात्मक सर्किट लागेर बढ्यो मुल्य


  • 6.4K
    Shares

    सीइडीबी हाइड्रोपावरको  शेयर कारोबार खुला, सकारात्मक सर्किट लागेर बढ्यो मुल्य
    images

    काठमाडौं । सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयरमुल्यमा सकारात्मक सर्किट लागेको छ । नेप्सेमा बुधबार यसको पहिलो कारोबार प्रतिकित्ता ४१६ रुपैयाँमा भएको थियो । त्यसपछि लगातार मुल्य बढ्दै सर्किट लागेको हो ।

    बुधबार बिहान ११ः२५ बजेसम्म सीइडीबीको सेयर भाउ ९.८६५ ले बढेर प्रतिकित्ता ४५७ रुपैयाँ पुगेको छ । ‘सीएचडीसी’ संकेतमा यसको कारोबार भएको छ । यो हाइड्रोपावर कम्पनी मंगलबार मात्र नेप्सेमा सूचीकरण भएको हो ।

    सीइडीबीको चुक्ता पुँजीका आधारमा कायम कुल ८३ लाख ९४ हजार कित्ता सेयर मंगलबार नेप्सेमा सूचीकरण भएको छ । नेप्सेले यसको ओपनिङ रेन्ज न्यूनतम १३८ रुपैयाँ ७९ पैसादेखि अधिकतम ४१६ रुपैयाँ ३७ पैसासम्म तोकेको थियो । सोही रेन्जको उच्चतम विन्दुबाट बुधबार यस कम्पनीको शेयर कारोबार खुला भएको हो ।

    प्रकाशित मिति :जेठ २६ २०७८ बुधवार - १२:४६:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij