२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको जन्मघर मर्मत तथा सम्भारका लागि सरकारले छुट्याएको २ करोड रुपैयाँ बजेट अस्वीकार गरेका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत विराटनगर महानगरपालिका–७, कोसी अस्पताल चोकस्थित कोइराला निवासको मर्मत तथा सम्भारका लागि आर्थिक वर्ष २०८३\८४ को बजेटमा २ करोड रुपैयाँ विनियोजन गरिएको थियो ।
सरकारले बजेट छुट्याएकोमा धन्यवाद व्यक्त गर्दै कोइरालाले उक्त रकम फिर्ता गर्ने निर्णय गरेका हुन् । उनले जारी गरेको विज्ञप्तिमा राज्यका सीमित स्रोतसाधन आम नागरिकको उत्थान, अभाव र समस्यामा परेका समुदायको हितमा प्रयोग हुनुपर्ने उल्लेख गरेका छन् ।
उनले कोइराला निवासको ऐतिहासिक महत्व रहे पनि त्यसका लागि छुट्याइएको सरकारी बजेट स्वीकार गर्न नसक्ने बताएका हुन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij