Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको राष्ट्रिय सम्मेलन आजदेखि

नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको राष्ट्रिय सम्मेलन आजदेखि


  • 729
    Shares

    नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको राष्ट्रिय सम्मेलन आजदेखि
    images

    काठमाडौं ।  नेपाली कांग्रेस निकट नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको दोस्रो राष्ट्रिय सम्मेलन आजदेखि सुरु हुँदैछ । काठमाडौंस्थित राष्ट्रिय सभागृहमा आयोजना हुने सम्मेलनमा सहभागी हुन प्रतिनिधिहरू जुट्न थालेका छन् ।

    ‘आदिवासी जनजाति समुदायमा उत्साह र विश्वासको नवीन अभियान’ भन्ने मूल नाराका साथ राष्ट्रिय सम्मेलन आयोजना गरिएको महासंघका प्रवक्ता तथा सूचना एवं प्रचारप्रसार प्रमुख पासाङ शेर्पाले जानकारी दिए ।

    सम्मेलनमा केन्द्रीय कार्यसमिति, जिल्ला कार्यसमिति, प्रतिनिधिसभा निर्वाचन क्षेत्र, प्रदेश कार्यसमिति तथा आबद्ध जातीय संघसंस्थाबाट करिब १ हजार ३०० प्रतिनिधि सहभागी हुने शेर्पाले बताए ।

    महासंघले सम्मेलनमार्फत आदिवासी जनजाति समुदायका मुद्दा, संगठन विस्तार र आगामी रणनीतिबारे छलफल गर्ने जनाएको छ ।

    images
    प्रकाशित मिति :श्रावण २२ २०८३ शुक्रवार - १०:३०:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij