Logo

२०८३ आश्विन १३ गते मंगलवार

२०८३ आश्विन १३ गते मंगलवार

ग्यासको बढी मूल्य लिने एभरेष्ट मार्ट स्टोरलाई दुई लाख जरिवाना

ग्यासको बढी मूल्य लिने एभरेष्ट मार्ट स्टोरलाई दुई लाख जरिवाना


  • 1.2K
    Shares

    ग्यासको बढी मूल्य लिने एभरेष्ट मार्ट स्टोरलाई दुई लाख जरिवाना
    images

    काठमाडौं । स्थलगत अनुगमनका क्रममा कैफियत भेटिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं महानगरपालिका–१७, ठहिटीस्थित एभरेष्ट मार्ट स्टोर प्रालिलाई दुई लाख जरिवाना गरेको छ।

    विभागका अनुसार अनुगमनका क्रममा उक्त स्टोरले तोकिएकोभन्दा बढी मूल्यमा वस्तु बिक्री गरेको पाइएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम कारबाही गरिएको हो।

    त्यसैगरी, गृष्मा इन्टरप्राइजेजलाई व्यवसायसँग सम्बन्धित आवश्यक कागजातसहित विभागमा उपस्थित हुन निर्देशन दिइएको छ। साथै, उक्त फर्मलाई यही साउन १ गतेदेखि हालसम्मको खाना पकाउने ग्यासको बिक्री–वितरण विवरण तथा खरिद–बिक्री बिलसहित तीन दिनभित्र विभागमा उपस्थित हुन भनिएको छ।

    अनुगमनका क्रममा अन्य केही व्यावसायिक फर्मलाई भने सुधारात्मक निर्देशन दिइएको विभागले जनाएको छ। विभागले स्थानीय उपभोक्ता अधिकारकर्मी तथा सरोकारवालाको उपस्थितिमा नियमित रूपमा बजार अनुगमन गर्दै आएको छ।

    पछिल्ला दिनमा खाना पकाउने ग्यासको आपूर्ति तथा बिक्री–वितरणमा देखिएका समस्याको समाधानका लागि विभागले अनुगमन र निरीक्षणलाई थप प्रभावकारी बनाएको जनाएको छ।

    विभागका अनुसार अनुगमन तथा निरीक्षणका क्रममा उपभोक्ता संरक्षण ऐन, २०७५ र उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम आवश्यक निर्देशन तथा कारबाही गरिँदै आएको छ।

    प्रकाशित मिति :श्रावण २२ २०८३ शुक्रवार - ०८:०६:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij