Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

अस्पतालहरूलाई अधिकतम मात्रामा अक्सिजन सिलिन्डर भरेर राख्न अनुरोध

अस्पतालहरूलाई अधिकतम मात्रामा अक्सिजन सिलिन्डर भरेर राख्न अनुरोध


  • 8.4K
    Shares

    • images
    अस्पतालहरूलाई अधिकतम मात्रामा अक्सिजन सिलिन्डर भरेर राख्न अनुरोध
    images

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पतालहरूलाई अधिकतम मात्रामा अक्सिजन सिलिन्डर भरेर राख्न अनुरोध गरेको छ । मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीले मङ्गलबार प्रेस विज्ञप्ति जारी  गर्दै  अक्सिजन प्लान्ट वा ट्याङ्कहरू मर्मत जडान जतिसक्दो चाँडो  गरी पूर्ण  क्षमतामा सञ्चालन  हुने व्यवस्था मिलाउन अनुरोध गरेका छन् । 

    त्यसैगरी, खाली सिलिन्डर जतिसक्दो  चाँडो  सम्बन्धित उद्योगलाई  उपलब्ध  गराउन विज्ञप्तिमा आग्रह गरिएको छ । उपचारका लागि अत्यावश्यक हुने अक्सिजन सिलिन्डर विभिन्न कारणले मुलुकको विभिन्न   भागमा व्यक्तिका घर, टोल र आइसोलेसन तथा अस्पतालमा पुगेका छन्,   विज्ञप्तिमा उल्लेख गरिएको छ, 'ती सिलिन्डर समयमै भर्नका लागि सम्बन्धित उद्योगमा नपुग्दा अक्सिजनको आपूर्ति प्रणालीमा असर गर्ने  हुन्छ र अस्पतालमा जटिल उपचारमा रहेका व्यक्तिलाई  अप्ठ्यारो हुन्छ । त्यसैले जुनसुकै व्यक्ति, संस्था वा निकायले जुनसुकै बहानामा लैजानु भएका अक्सिजन सिलिन्डर यथासक्य चाँडो जुन उद्योगको हो सोही उद्योगमा भर्नका लागि उपलब्ध गराइदिनुहुन अनुरोध छ  ।' यो समाचार आजको गोरखापत्र दैनिकमा छ । 

    प्रकाशित मिति :जेठ २६ २०७८ बुधवार - ०७:१५:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij