Logo

२०८३ आश्विन ६ गते मंगलवार

२०८३ आश्विन ६ गते मंगलवार

१६३ म्यानपावरमाथि कारबाही, स्वीकृति नलिई विदेशी विमानस्थलबाट कामदार पठाएको आरोप

१६३ म्यानपावरमाथि कारबाही, स्वीकृति नलिई विदेशी विमानस्थलबाट कामदार पठाएको आरोप


  • 1.3K
    Shares

    १६३ म्यानपावरमाथि कारबाही, स्वीकृति नलिई विदेशी विमानस्थलबाट कामदार पठाएको आरोप
    images

    काठमाडौं । वैदेशिक रोजगार विभागले १६३ वटा म्यानपावर एजेन्सीलाई कारबाही गरेको छ । स्वीकृति नलिई विदेशी विमानस्थलबाट कामदारलाई वैदेशिक रोजगारीमा पठाएको र मागेको विवरण उपलब्ध नगराएको आरोपमा उनीहरूमाथि कारबाही गरिएको विभागले जनाएको छ ।
     
    विभागका अनुसार ३९ वटा म्यानपावर एजेन्सीले विभागको स्वीकृतिबिना विदेशी विमानस्थलको प्रयोग गरी कामदारलाई वैदेशिक रोजगारीमा पठाएको देखिएको थियो ।

    १२४ वटा म्यानपावर एजेन्सीले विभागले विवरण उपलब्ध गराउन दिएको निर्देशन पालना नगरेको हुँदा वैदेशिक रोजगार विभागको साउन १९ गतेको निर्णयानुसार कारबाही गरिएको विभागले जारी गरेको सूचनामा उल्लेख छ ।

    विभागले १६३ वटा म्यानपावर एजेन्सी प्रत्येकलाई ५० हजार रुपैयाँ जरिबाना गरेको छ । विवरण उपलब्ध नगर्ने १२४ म्यानपावर एजेन्सीलाई जरिबाना किन नगर्ने भनि सात दिनभित्र स्पष्टीकरण पेस गर्न भनिएको छ ।
    विभागले सूचना जारी गर्दै २०८२ चैत १ गतेदेखि २०८३ जेठ ३१ गतेसम्म श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा पठाएका कामदारहरूको उडान विवरण पठाउन म्यानपावर एजेन्सीहरूलाई भनेको थियो । 
     

    प्रकाशित मिति :श्रावण २० २०८३ बुधवार - १३:२४:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij