Logo

२०८३ श्रावण १५ गते शुक्रवार

२०८३ श्रावण १५ गते शुक्रवार

भ्रष्टाचार मुद्दामा बडीकेदार गाउँपालिकाकी पूर्व उपाध्यक्ष जेल चलान

भ्रष्टाचार मुद्दामा बडीकेदार गाउँपालिकाकी पूर्व उपाध्यक्ष जेल चलान


  • 603
    Shares

    • images
    भ्रष्टाचार मुद्दामा बडीकेदार गाउँपालिकाकी पूर्व उपाध्यक्ष जेल चलान
    images

    काठमाडौं । भ्रष्टाचार मुद्दाको सुनुवाइका लागि आफैँ विशेष अदालतमा उपस्थित भएकी डोटीस्थित बडीकेदार गाउँपालिकाकी तत्कालीन उपाध्यक्ष इन्द्रकुमारी बोहरालाई थुनामा राख्न आदेश भएको छ ।

    विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य र सदस्य हेमन्त रावलको बेन्चले त्यस्तो आदेश दिएको हो । बोहराले आफूलाई तारेखमा राखेर मुद्दाको पुर्पक्ष गर्न माग गरेकी थिइन् । तर, विशेष अदालतले तारेखमा राख्न अस्वीकार गरेको छ ।

    असार २ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धान प्रतिवेदनका साथ उनीसहित तत्कालीन अध्यक्ष समेत प्रतिवादी रहेको मुद्दा दायर भएको थियो । तत्कालीन अध्यक्ष कृष्णबहादुर चन्दलाई पनि थुनामा पठाउने आदेश भएको विशेष अदालत स्रोतले जनाएको छ । तीसहित मुद्दामा भागीरथी निर्माण सेवाका सञ्चालकसहित आठ जना प्रतिवादी छन् ।

    डोटी जिल्लाकै ठूलीगाड र कापडीगाडको बगर क्षेत्रबाट ढुङ्गा, गिट्टी तथा बालुवा उत्खनन् सम्बन्धी राजश्व रकम सङ्कलन नगरी हानी नोक्सानी गरेको आरोपमा उनीहरुविरुद्ध मुद्दा दायर भएको थियो । अध्यक्ष चन्द र उपाध्यक्ष बोहरा विरुद्ध १४ लाख १० हजार २४० रुपैयाँ बराबरको बिगो कायम गरी मुद्दा दायर भएको थियो ।

    सोही मुद्दामा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत दिपकराज जैशी, लेखापाल युवराज भट्ट, गाउँपालिकाका तत्कालीन शिक्षा अधिकृत विवेक देउवा र सव इञ्जिनियर दानबहादुर पछेरा, भागीरथी निर्माण सेवा कैलालीका सञ्चालक पशुपति जोशी र अख्तियार प्राप्त व्यक्त केशवबहादुर बमविरुद्ध १४ लाख १० हजार २४० रुपैयाँ बराबरको बिगो र कैद सजायको माग गर्दै मुद्दा दायर भएको थियो ।

    images
    प्रकाशित मिति :श्रावण १५ २०८३ शुक्रवार - १६:०९:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij