२०८३ श्रावण १५ गते शुक्रवार
काठमाडौं । विशेष अदालतले राहदानी छपाइ ठेक्का प्रक्रियासँग सम्बन्धित भ्रष्टाचार मुद्दामा मुछिएका जर्मन कम्पनी भेरिडोसका नेपाल प्रतिनिधि सिद्धार्थ थापालाई साधारण तारिखमा रिहा गर्न आदेश दिएको छ।
विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य र सदस्य हेमन्त रावलको इजलासले थापालाई धरौटी नलिई साधारण तारिखमा छाड्ने आदेश दिएको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पासपोर्ट छपाइ ठेक्का प्रक्रियामा अनियमितता भएको आरोपमा थापासहित विभिन्न व्यक्ति र कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
अब उक्त मुद्दाको थप सुनुवाइ विशेष अदालतमा नियमित प्रक्रियाअनुसार अघि बढ्नेछ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij