२०८३ श्रावण १५ गते शुक्रवार
काठमाडौं । प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङविरुद्ध सिराहामा गोली लागेर मृत्यु भएका १५ वर्षीय गणेश यादवका आफन्त र छिमेकीले विरोध प्रदर्शन गरेका छन् ।
सुनसरी घटनाको विरोधमा सिरहाको गोलबजारमा भएको प्रदर्शनका क्रममा गोली लागेर मृत्यु भएका औरही गाउँपालिका–२ तुलसियाहीका गणेश यादवको परिवारलाई भेट्न गृहमन्त्री जाने तयारी रहेको खबर सार्वजनिक भएपछि स्थानीयहरू बनिनिया चोकमा भेला भएर विरोधमा उत्रिएका हुन्।
प्रदर्शनकारीहरूले ‘मृतकले न्याय नपाउन्जेल गृहमन्त्रीलाई प्रवेश निषेध’ भन्दै प्लेकार्डसहित नाराबाजी गरेका छन्। उनीहरूले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकार र गृहमन्त्रीविरुद्ध पनि चर्को नाराबाजी गरेका छन्।
प्रदर्शनका क्रममा सहभागीहरूले १५ वर्षीय बालकमाथि गोली चलाएर ज्यान गएको घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही र पीडित परिवारलाई न्यायको माग गरेका छन्।
गोलबजार क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने सम्भावित अप्रिय घटना हुन नदिन प्रहरी परिचालन गरिएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij