Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत


  • 6.2K
    Shares

    सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत

    धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशसभामा विश्वासको मत पाएका छन् । मुख्यमन्त्री पदमा निरन्तरताका लागि मंगलबार प्रदेशसभामा भएको मदतानमा उनले विश्वासको मत प्राप्त गर्न सफल भएका हुन् ।

     ५२ सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री भट्टलाई ३० सांसदले विश्वासको मत दिए । विपक्षमा ९ मत परेको छ । नेकपा एमालेको माधव नेपाल पक्षधर १७ जना र माओवादी केन्द्रका १३ सांसदले पक्षमा मतदान गरेका हुन् । विपक्षमा मत दिनेमा जसपाका २ र एमालेका ७ सांसद छन् । ओली पक्षका सात जनाले एमाले प्रदेश संसदीय दलको निर्णय उल्लंघन गरेका हुन् ।

    भट्टलाई आफ्ना पक्षमा बहुमत सिद्ध गर्नका लागि २७ मत आवश्यक पर्थ्यो । एमालेको खनाल-नेपाल समूहले भोट दिएपछि मुख्यमन्त्री भट्टले विश्वासको मत पाएका हुन् । मतदानमा ५२ जना सांसद नै उपस्थित थिए ।

    कांग्रेसका १२ जना सांसद भने मतदानमा सहभागी नभएको सभामुख अर्जुनबहादुर थापाले जानकारी दिए । कांग्रेसले भने ‘नो भोट’ को नीति लिने तर मुख्यमन्त्रीलाई मत नपुग्ने अवस्थामा उनको पक्षमा मतदान गर्ने निर्णय लिएको थियो ।

    माओवादी केन्द्रका १३ सांसद रहेकामा एमाले संसदीय दलले समेत समर्थन गर्ने निर्णय गरेपछि भट्टको मुख्यमन्त्री पद जोगिएको हो । प्रदेशसभामा सभामुखबाहेक एमालेका २४ जना सदस्य छन् ।

    प्रकाशित मिति :जेठ २५ २०७८ मंगलवार - १२:४८:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij