Logo

२०८३ श्रावण १५ गते शुक्रवार

२०८३ श्रावण १५ गते शुक्रवार

ब्रोड पिक हिमपहिरोमा सम्पर्कविहीन १० आरोहीको नाम सार्वजनिक, पाँच नेपालीसहित टोलीमा ४ देशका आरोही

ब्रोड पिक हिमपहिरोमा सम्पर्कविहीन १० आरोहीको नाम सार्वजनिक, पाँच नेपालीसहित टोलीमा ४ देशका आरोही


  • 715
    Shares

    • images
    ब्रोड पिक हिमपहिरोमा सम्पर्कविहीन १० आरोहीको नाम सार्वजनिक, पाँच नेपालीसहित टोलीमा ४ देशका आरोही
    images

    काठमाडौं । पाकिस्तानको काराकोरम हिमशृंखलामा रहेको ८ हजार ४७ मिटर अग्लो ब्रोड पिकमा हिमपहिरो गएपछि सम्पर्कविहीन भएका १० आरोहीको नाम सार्वजनिक भएको छ।

    पाकिस्तान अल्पाइन क्लबले सार्वजनिक गरेको विवरणअनुसार सम्पर्कविहीन आरोही टोलीमा पाँच नेपालीसहित ओमान, पाकिस्तान, चीन र अमेरिकाका आरोही रहेका छन्।

    टोलीमा नेपालका विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जा, पुरबहादुर गुरुङ ‘युकता’, किली पेम्बा शेर्पा ‘किलु’, निमा शेर्पा, नवाङ थिन्डु शेर्पा र ग्यालु शेर्पा रहेका छन्। यस्तै ओमानकी नाधिरा अहमद अब्दुल्लाह अल हार्थी, पाकिस्तानका सोहेल साखी, चीनका वाङ झोङ र अमेरिकाकी मलोरी गाइस रहेका छन्।

    १० सदस्यीय टोलीको नेतृत्व निर्मल पुर्जाले गरेका थिए। यसअघि अल्पाइन क्लबले पाँच नेपाली आरोही रहेको जनाएको थियो भने पछिल्लो विवरणमा नेपाली आरोहीको संख्या छ पुगेको उल्लेख गरिएको छ।

    हिमपहिरोपछि सबै आरोही सम्पर्कविहीन भएका थिए। उनीहरूको खोजी तथा उद्धारका लागि पाकिस्तानी सेनाले दुईवटा उद्धार हेलिकोप्टर परिचालन गरेको छ।

    त्यस्तै, नजिकैका के–२ र के–३ हिमालमा रहेका आरोहीहरू पनि उद्धार अभियानमा सहयोग गर्न ब्रोड पिकतर्फ गइरहेका छन्।

    यसअघि सेभेन समिट ट्रेक्सले घटनास्थलमा दुईवटा शव फेला परेको दाबी गरेको थियो। तर शवको पहिचान भने हुन बाँकी रहेको कम्पनीका महाप्रबन्धक थानेश्वर गुरागाईंले जानकारी दिएका छन्।

    images
    प्रकाशित मिति :श्रावण १५ २०८३ शुक्रवार - १०:४०:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij