Logo

२०८३ श्रावण १५ गते शुक्रवार

२०८३ श्रावण १५ गते शुक्रवार

आज पनि देशभर मनसुनी वायुको प्रभाव, यी स्थानमा भारी वर्षाको सम्भावना

आज पनि देशभर मनसुनी वायुको प्रभाव, यी स्थानमा भारी वर्षाको सम्भावना


  • 1.1K
    Shares

    • images
    आज पनि देशभर मनसुनी वायुको प्रभाव, यी स्थानमा भारी वर्षाको सम्भावना
    images

    काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ ।

    महाशाखाका अनुसार अहिले कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै भूभाग तथा लुम्बिनी प्रदेशको पहाडी भूभागमा साधरणतया बादल लागेको छ । मधेस प्रदेश र लुम्बिनी प्रदेशको तराई भूभागमा आंशिक बादल लागेको छ । कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागको थोरै स्थान तथा गण्डकी प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

    आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली र पहाडी भूभागका केही स्थानमा मध्यमसम्म वर्षाको सम्भावना छ। तराई भूभागका थोरै स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ। बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

    यसैगरी, आज राति देशभर साधारणतया बादल लाग्नेछ। देशको हिमाली भूभागका थोरै स्थानमा मध्यमसम्म वर्षाको सम्भावना छ। मधेस प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ।

    कोशी प्रदेशको पहाडी र तराई भूभाग, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    images
    प्रकाशित मिति :श्रावण १५ २०८३ शुक्रवार - ०६:५८:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij