Logo

२०८३ श्रावण १५ गते शुक्रवार

२०८३ श्रावण १५ गते शुक्रवार

नेपालमा पर्यटनको प्रचुर सम्भावना, आगामी १० वर्ष ‘स्वर्ण युग’ हुनसक्छ : डा. जगदीप मेहता

नेपालमा पर्यटनको प्रचुर सम्भावना, आगामी १० वर्ष ‘स्वर्ण युग’ हुनसक्छ : डा. जगदीप मेहता


  • 1.5K
    Shares

    • images
    नेपालमा पर्यटनको प्रचुर सम्भावना, आगामी १० वर्ष ‘स्वर्ण युग’ हुनसक्छ : डा. जगदीप मेहता
    images

    काठमाडौं । इभेन्ट म्यानेजमेण्ट फेडरेसन (इएमएफ) ग्लोवलका अध्यक्ष डा. जगदीप मेहताले नेपालको पर्यटन क्षेत्रमा प्रचुर सम्भावना रहेको बताएका छन् ।  उनले आगामी १० वर्ष नेपालका लागि महत्वपूर्ण हुने बताएका हुन् । 

    काठमाडौंमा आयोजित ‘इएमएफ ग्लोवल’ सम्मेलनका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले नेपालको प्रकृति, हिमालय, र धार्मिक सम्पदाको उचित बजारीकरण गर्नसके विश्वभरका पर्यटकहरूलाई आकर्षित गर्न सकिने उल्लेख गरेका छन्। 

    सम्मेलनमा सहभागी हुन सात देशका प्रतिनिधिहरू नेपाल आएका छन् । ती प्रतिनिधिहरूले काठमाडौंका अतिरिक्त पोखरा र चितवनको समेत भ्रमण गरिरहेका छन् । डा. मेहताले पोखराको नयाँ अन्तर्राष्ट्रिय विमानस्थल र त्यहाँको प्राकृतिक सुन्दरताले गर्दा सामाजिक उत्सव तथा ‘डेस्टिनेसन वेडिङ’ का लागि चार्टर उडानमार्फत पर्यटक ल्याउन सकिने सम्भावना औँल्याका छन् । नेपालको धार्मिक पर्यटनबारे चर्चा गर्दै डा। मेहताले पशुपतिनाथ मन्दिरको व्यवस्थापन र सरसफाईको प्रशंसा गरेका छन् । 

    उनले भने, ‘पोखरामा प्रकृति र शान्त वातावरणसँगै रात्रिकालीन जीवन र क्यासिनोको पनि सुविधा छ, जसले गर्दा यो क्षेत्र पर्यटकका लागि उत्कृष्ट गन्तव्य बन्न सक्छ । ठूलो संख्यामा भक्तजनहरूको उपस्थिति भएपनि पशुपतिनाथ क्षेत्रमा देखिएको व्यवस्थापन, स्वच्छता र अनुशासन निकै सराहनीय छ । यो सम्मेलनलाई हामीले व्यवसायीहरूको कुम्भ मेलाका रूपमा लिएका छौँ । यसले नेटवर्किङ र प्रविधिको आदानप्रदानमार्फत व्यवसायलाई विस्तार गर्न मद्दत पु¥याउँछ । तीन दिनको यो बसाइमा सहभागीहरूले व्यवसायका साथै नेपालका विभिन्न पर्यटकीय स्थलहरूको समेत अवलोकन गर्नेछन् ।’

    images
    प्रकाशित मिति :श्रावण १४ २०८३ बिहिवार - १८:२०:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij