Logo

२०८३ श्रावण १५ गते शुक्रवार

२०८३ श्रावण १५ गते शुक्रवार

प्रमुख निर्वाचन आयुक्त कार्की र आयुक्तद्वय वाग्ले र सुब्बाद्वारा शपथ ग्रहण

प्रमुख निर्वाचन आयुक्त कार्की र आयुक्तद्वय वाग्ले र सुब्बाद्वारा शपथ ग्रहण


  • 645
    Shares

    • images
    प्रमुख निर्वाचन आयुक्त कार्की र आयुक्तद्वय वाग्ले र सुब्बाद्वारा शपथ ग्रहण
    images

    काठमाडौं । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । 

    बिहीवार प्रधानन्यायाधीश डा.मनोजकुमार शर्माबाट उनले पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् । त्यस्तै आयुक्तद्वय गुरु वाग्ले र डा. राजीव सुब्बाले पनि पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । वाग्ले र सुब्बाले प्रमुख निर्वाचन आयुक्त कार्कीबाट शपथ ग्रहण गरेका हुन् । 

    कार्की सर्वोच्च अदालतको रजिष्ट्रार पदमा कार्यरत रहैकै बखत संवैधानिक परिषदबाट प्रमुख आयुक्तमा सिफारिस भएका थिए । संसदीय सुनुवाई समितिबाट सर्वसम्मत अनुमोदन भएपछि कार्कीको सपथ गरिएको हो । प्रमुख निर्वाचन आयुक्त कार्की र आयुक्त द्वय वाग्ले र सुब्बाले आजै पदभार ग्रहण गर्नुहुने कार्यक्रम छ । बुधवार मात्रै संसदीय सुनुवाई समितिले तीन जनाकै नाम सर्वसम्मत अनुमोेदन गरेको थियो ।

    images
    प्रकाशित मिति :श्रावण १४ २०८३ बिहिवार - १८:१४:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij