Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

ओलीद्वारा शान्ति र सामाजिक सद्भाव कायम राख्न आग्रह

ओलीद्वारा शान्ति र सामाजिक सद्भाव कायम राख्न आग्रह


  • 4.1K
    Shares

    ओलीद्वारा  शान्ति र सामाजिक सद्भाव कायम राख्न आग्रह
    images

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। बिहीबार अध्यक्ष केपी शर्मा ओलीद्वारा जारी प्रेस वक्तव्यमा गोली लागेर ओमप्रकाश मेहता र आज सिरहाका गणेश यादवको मृत्यु हुनुका साथै अन्य नागरिक घाइते भएको घटनाप्रति दुःख व्यक्त गरिएको छ।

    एमालेले घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ।

    वक्तव्यमा नागरिकबीचको एकता र सामाजिक सद्भाव कायम राख्न सबै पक्षलाई संयमित हुन आग्रह गरिएको छ। कुनै पनि प्रकारको भ्रामक प्रचारमा नलाग्न र सामाजिक सद्भाव बिथोल्ने गतिविधिबाट टाढा रहन एमालेले अपिल गरेको छ।

    एमालेले सरकारले राष्ट्रिय सुरक्षा र सामाजिक व्यवस्थापनमा प्रभावकारी भूमिका खेल्नुपर्ने उल्लेख गर्दै अत्यधिक बल प्रयोग तथा लापरवाहीको निष्पक्ष छानबिन हुनुपर्ने माग गरेको छ। हिंसात्मक गतिविधि तत्काल रोक्दै संवादमार्फत समस्याको समाधान खोज्नुपर्नेमा पनि जोड दिइएको छ।

    यस्तै, वर्तमान संवेदनशील परिस्थितिमा राजनीतिक दलहरूले आरोप–प्रत्यारोपभन्दा माथि उठेर राष्ट्रिय एकता, शान्ति र स्थायित्वका लागि सहकार्य गर्नुपर्ने एमालेको भनाइ छ। वक्तव्यमा संवाद, सहमति र जिम्मेवार सहकार्यबाट मात्रै मुलुकलाई संकटबाट बाहिर निकाल्न सकिने उल्लेख गर्दै सबै राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी तथा सामाजिक–धार्मिक समुदायलाई राष्ट्रिय हित र शान्तिका पक्षमा एकजुट हुन आह्वान गरिएको छ।  

    KP_oli_RYuz1jBBZo (1).jpg

    प्रकाशित मिति :श्रावण १४ २०८३ बिहिवार - १७:५५:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij