२०८३ श्रावण १५ गते शुक्रवार
काठमाडौं । सुनसरीको कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि उत्पन्न परिस्थितिबारे प्रधानमन्त्री बालेन शाहले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।
प्रधानमन्त्री निकट स्रोतका अनुसार देशको पछिल्लो सुरक्षा अवस्था, सामाजिक सद्भाव र शान्ति कायम गर्ने विषयमा प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन्। सम्बोधनको तयारी अन्तिम चरणमा पुगेको जनाइएको छ।
पछिल्ला दिनहरूमा सुनसरीबाट सुरु भएको तनाव अन्य जिल्लासम्म फैलिँदै गएपछि सरकारमाथि शान्ति सुरक्षा कायम गर्न दबाब बढिरहेको छ। यही सन्दर्भमा प्रधानमन्त्रीले नागरिकलाई संयमता अपनाउन, अफवाहमा विश्वास नगर्न र सामाजिक सद्भाव कायम राख्न आग्रह गर्ने अपेक्षा गरिएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij