Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

पूर्वराजा ज्ञानेन्द्रको सद्भाव सन्देश : ‘हामी नेपाली मिलेर बसौँ’

पूर्वराजा ज्ञानेन्द्रको सद्भाव सन्देश : ‘हामी नेपाली मिलेर बसौँ’


  • 1.4K
    Shares

    पूर्वराजा ज्ञानेन्द्रको सद्भाव सन्देश : ‘हामी नेपाली मिलेर बसौँ’
    images

    काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाहले देशका विभिन्न स्थानमा पछिल्ला दिनहरूमा देखिएको साम्प्रदायिक तनावप्रति चिन्ता व्यक्त गर्दै सबै नेपालीलाई संयम, सद्भाव र आपसी भाइचारालाई कायम राख्न आग्रह गरेका छन्।

    बिहीबार जारी गरेको सन्देशमा उनले नेपाल बहुजातीय, बहुभाषिक र बहुधार्मिक मुलुक भएको उल्लेख गर्दै विविधताबीचको एकता नै नेपालको पहिचान र गौरव रहेको बताएका छन्।

    सुनसरीमा केही दिनअघि भएको हिंसात्मक घटनापछि त्यसको प्रभाव कोशी क्षेत्र तथा तराईका अन्य जिल्लामा फैलिँदै जनजीवन प्रभावित भएकोप्रति दुःख व्यक्त गर्दै उनले यस्ता अवाञ्छित घटनाले समाजमा अशान्ति बढाउने बताएका छन्।

    पूर्वराजा ज्ञानेन्द्रले कुनै पनि समुदायबीच द्वन्द्व र विभाजन सिर्जना गर्ने गतिविधि नेपालको मौलिक मूल्य, संस्कृति र सामाजिक सद्भावविपरीत रहेको उल्लेख गरेका छन्। उनले सबै नेपालीलाई धैर्य, संयमता र आपसी विश्वास कायम राख्दै शान्ति र सद्भावको पक्षमा उभिन आग्रह गरेका छन्।

    सन्देशको अन्त्यमा उनले ‘जहाँ रहे पनि हामी सबै नेपाली मिलेर बसौँ, यही आजको आवश्यकता हो’ भन्दै राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम राख्न सबैमा अपिल गरेका छन्।

    759688503_1698874164500634_6825970067482914522_n_sZA4gOzj4p.jpg

    प्रकाशित मिति :श्रावण १४ २०८३ बिहिवार - १६:२२:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij