Logo

२०८३ श्रावण १५ गते शुक्रवार

२०८३ श्रावण १५ गते शुक्रवार

सिरहामा कर्फ्युबीच पनि प्रदर्शन, प्रहरीको गोली लागेर दुई जना घाइते

सिरहामा कर्फ्युबीच पनि प्रदर्शन, प्रहरीको गोली लागेर दुई जना घाइते


  • 2.4K
    Shares

    • images
    सिरहामा कर्फ्युबीच पनि प्रदर्शन, प्रहरीको गोली लागेर दुई जना घाइते
    images

    काठमाडौं । सुनसरीमा दुई समुदायबीच भएको हिंसात्मक घटनाको प्रभाव सिरहामा पनि देखिएको छ। दुई पक्षबीच भएको झडपपछि अवस्था तनावग्रस्त बनेसँगै स्थानीय प्रशासनले प्रभावित क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ।

    कर्फ्यु लागू गरिए पनि प्रदर्शन रोकिएको छैन। प्रदर्शन उग्र बन्दै गएपछि आगजनी र तोडफोडका घटना भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ। प्रहरीको गोली लागेर दुई जना घाइते भएका छन्। घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

    यसअघि प्रदर्शनकारीहरूले एक मोटरसाइकल ग्यारेजबाट मोटरसाइकल निकालेर आगजनी गरेका थिए। आगलागीबाट ११ वटा मोटरसाइकल पूर्ण रूपमा नष्ट भएको प्रहरीले जनाएको छ।

    स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरीको व्यापक परिचालन गरिएको छ। प्रशासनले सर्वसाधारणलाई कर्फ्यु आदेशको पूर्ण पालना गर्न तथा अफवाहमा विश्वास नगर्न आग्रह गर्दै शान्ति सुरक्षा कायम गर्न सहयोग गर्न अपिल गरेको छ।

    images
    प्रकाशित मिति :श्रावण १४ २०८३ बिहिवार - १५:३४:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij