२०८३ श्रावण १५ गते शुक्रवार
काठमाडौं। अमेरिकी सेनाले इरानमाथि बमबारी गरेको छ। इरानको दक्षिणी तटीय क्षेत्रमा तथा मध्य भागको काजेरुन सहरमा विस्फोटका आवाज सुनिएका थिए।
इरानी सञ्चारमाध्यमका अनुसार, क्वेश्म टापुमा आवासीय भवनमाथि गरिएको अमेरिकी आक्रमणमा एक दम्पती र उनीहरूका दुई वर्षीय बच्चाको मृत्यु भएको छ। घटनामा अन्य दुई बालबालिका घाइते भएका छन्।
किश टापु, बुसेहर तथा इरानको तेल उद्योगको मुख्य केन्द्र मानिने खुजेस्तान प्रान्तका चार स्थानमा पनि विस्फोटका आवाज सुनिएको बताइएको छ। जोर्डनले इरानबाट प्रहार गरिएका पाँचवटा क्षेप्यास्त्र आफ्नो हवाई प्रतिरक्षा प्रणालीमार्फत रोकेर खसालेको जनाएको छ।
यसैबीच, तनाव बढिरहेका बेला पनि तेलको मूल्य यसअघि भएको वृद्धिबाट केही घटेको छ। ब्रेन्ट कच्चा तेलको मूल्य १.२९ डलर अर्थात् १.४२ प्रतिशतले घटेर ८९.४५ डलर प्रतिब्यारेलमा झरेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij