Logo

२०८३ श्रावण १५ गते शुक्रवार

२०८३ श्रावण १५ गते शुक्रवार

केरामा अस्वभाविक मूल्यवृद्धि, बजार अनुगमन गर्न माग

केरामा अस्वभाविक मूल्यवृद्धि, बजार अनुगमन गर्न माग


  • 330
    Shares

    • images
    केरामा अस्वभाविक मूल्यवृद्धि, बजार अनुगमन गर्न माग
    images

    काठमाडौं । कैलाली र कञ्चनपुरका केरा उत्पादकले बजारमा केराको मूल्य अस्वभाविक रूपमा वृद्धि भएको जनाउँदै बजार अनुगमन प्रभावकारी बनाउन सरकारसँग आग्रह गरेका छन् । 

    केरा उत्पादक सङ्घ कैलाली र केरा उत्पादक तथा व्यवसायी सङ्घ कञ्चनपुरद्वारा आज यहाँ आयोजित संयुक्त पत्रकार सम्मेलनमा ती सस्थाका प्रतिनिधिले हाल बगानबाट गुणस्तरअनुसार प्रतिदर्जन ६० देखि ६५ सम्ममा बिक्री भइरहेको भए पनि उपभोक्ताले बजारमा सोही केराका लागि अत्यधिक मूल्य तिर्न बाध्य भएकाले नियमनका लागि आग्रह गरेका हुन् ।

    संघीय सरकारले भारतबाट केराको बिरुवा तथा फल आयातमा रोक लगाएकामा संघले धन्यवाद दिँदै अब मूल्यवृद्धि र सम्भावित कालोबजारी नियन्त्रणमा ध्यान दिन जोड दिएको छ । 

    सङ्घले कैलाली र कञ्चनपुरमा बगानबाट बिक्री हुने काँचो केराको सिफारिस मूल्यसमेत सार्वजनिक गरेको छ । त्यसअनुसार भदौदेखि असोज मसान्तसम्म प्रतिदर्जन ५५-६५, कात्तिकदेखि मङ्सिर मसान्तसम्म ४५-५० तथा पुसदेखि माघ मसान्तसम्म रु ३०-३५ निर्धारण गरिएको छ । फागुनदेखि साउनसम्मको मूल्य भने उत्पादन, बजार अवस्था र माग-आपूर्तिको मूल्याङ्कनपछि आगामी संयुक्त बैठकबाट तय गरिने जनाइएको छ ।

    सङ्घ कैलालीका अध्यक्ष दीपेन्द्र थारुले सम्पूर्ण किसान, व्यापारी तथा सरोकार भएकाहरुलाई पनि निर्धारण गरिएको बगान बिक्री मूल्य कार्यान्वयनमा सहयोगका लागि आग्रह गरे ।

    कृषि गणना २०६८\६९ अनुसार सुदूरपश्चिम प्रदेशमा करिब दुई हजार चार हेक्टरमा केराखेती हुँदै आएको छ भने वार्षिक करिब ७२ हजार ४४९ मेट्रिक टन उत्पादन हुने गरेको तथ्याङ्क कैलालीमा करिब एक हजार ८५० हेक्टर र कञ्चनपुरमा करिब ६१० हेक्टर क्षेत्रफलमा केराखेती हुँदै आएको सङ्घ कञ्चनपुरका अध्यक्ष सुरेन्द्रकुमार चौधरीले बताए । 

     

    images
    प्रकाशित मिति :श्रावण १४ २०८३ बिहिवार - १०:४१:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij