२०८२ भाद्र ३ गते मंगलवार
कैलाली । सुदूरपश्चिम प्रदेशमा एमाले संसदीय दलले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिने भएको छ ।
मंगलबार बिहान बसेको एमाले संसदीय दलको बैठकले मुख्यमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको प्रमुख सचेतक दुर्गा विश्वकर्माले जानकारी दिइन् । मंगलबार बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री भट्टले विश्वासको मत लिँदैछन् ।
माधव नेपाल पक्षको बहुमत रहेको सुदूरपश्चिम एमाले संसदीय दलले पार्टी केन्द्रीय कमिटीको निर्णयलाई बेवास्ता गर्दै मुख्यमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको हो । एमालेका सांसदको समर्थन पाउने भएपछि मुख्यमन्त्री भट्टको पद सुरक्षित हुने भएको छ ।
एमाले ओली पक्षका ७ सांसदले भने प्रदेशसभा बैठकमा उपस्थित नहुने र मुख्यमन्त्रीलाई विश्वासको मत नदिने बताएका छ्न ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij