Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

कारभित्र मृत भेटिएकी रश्मि रिजालबारे सिसिटिभी फुटेजले के देखायो ?

कारभित्र मृत भेटिएकी रश्मि रिजालबारे सिसिटिभी फुटेजले के देखायो ?


  • 2.1K
    Shares

    कारभित्र मृत भेटिएकी रश्मि रिजालबारे सिसिटिभी फुटेजले के देखायो ?
    images

    काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–स्थित चुनीदेवी बालुवा प्रशोधन केन्द्रमा मृत भेटिएकी रश्मि रिजालको घटनाबारे प्रहरीले अनुसन्धान जारी राखेको छ।

    सानिमा क्यापिटल लिमिटेडमा मर्चेन्ट हेडका रूपमा कार्यरत ४५ वर्षीया रिजाल साउन ८ गते बिहान घरबाट निस्किएपछि सम्पर्कविहीन भएकी थिइन्। भोलिपल्ट साउन ९ गते उनी आफैंले प्रयोग गर्ने गरेको बीएई ०४१० नम्बरको विद्युतीय गाडीभित्र मृत अवस्थामा भेटिएकी थिइन्।

    प्रहरीका अनुसार रिजाल गाडीको पछिल्लो सिटमा थिइन् भने गाडीको चाबी चालक सिटमै भेटिएको थियो। घटनापछि परिवारले प्रहरी वृत्त बालाजुमा अनुसन्धानका लागि जाहेरी दिएका छन्।

    अनुसन्धानका क्रममा रिजाल सम्पर्कविहीन भएकै दिन सानिमा क्यापिटलका सीईओसहित तीन जना कर्मचारी उनको मनमैजुस्थित घरमा पुगेको खुलेको छ। परिवारले पनि ती कर्मचारी घरमा आएको विषय प्रहरीलाई जानकारी गराएका छन्।

    प्रहरीले जाहेरीमा उल्लेख भएका विषयमाथि समेत अनुसन्धान भइरहेको जनाएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन कुमार भट्टराईले पीडित परिवारले जाहेरी दिएपछि शव बुझिसकेको र घटनासँग सम्बन्धित विषयमा सोधपुछ तथा अनुसन्धान भइरहेको बताए।

    प्रहरीको प्रारम्भिक अनुसन्धानले भने रिजालले आफैं पेट्रोल छर्केर आगो लगाएको देखाएको जनाएको छ। घटनास्थल आसपासको सीसीटीभी फुटेज विश्लेषण गर्दा अन्य व्यक्तिको उपस्थिति नदेखिएको प्रहरीको भनाइ छ।

    अनुसन्धानका अनुसार रिजाल घरबाट निस्किएर सिधै घटनास्थल पुगेकी थिइन्। गाडीमा एयर कन्डिसन चलिरहेको अवस्थामा सुरुमा गाडीबाहिर शरीरमा पेट्रोल छर्किएको र त्यसपछि गाडीभित्र प्रवेश गरी आगो लगाएको प्रहरीको निष्कर्ष छ।

    प्रहरीले गाडीभित्रबाट तीन वटा लाइटर समेत बरामद गरेको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    प्रकाशित मिति :श्रावण १२ २०८३ मंगलवार - १४:२७:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij