Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै

केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै


  • 1.2K
    Shares

    केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
    images

    काठमाडौं । सुनसरीमा धार्मिक सद्‌भाव भड्किएको घटनाबारे छलफल गृहमन्त्री सुधन गुरुङले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् । 

    सोमबार बिहान मन्त्रालयका सचिव, आईजीपी र सशस्त्र प्रहरी बलका प्रमुखसँग छलफल गरेपछि मन्त्री गुरुङले साँझ केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका हुन् ।

    आइतबार राति भएको झडपमा सुरक्षाकर्मीको गोली लागेर कप्तानगञ्ज बस्दै आएका ओमप्रकाश मेहताको मृत्यु भएको छ । आजको बैठकमा भविष्यमा यस्ता घटना हुन नदिन दीर्घकालीन समाधानका उपायहरू खोज्नेबारे छलफल भएको गृह मन्त्रालयकी सूचना अधिकारी (उपसचिव) रमा आचार्य सुवेदीले जानकारी दिइन् ।

    गृह मन्त्रालयले घटना छानबिन गर्न सह सचिवको नेतृत्वमा समिति गठन गरेको छ । उपसचिव सुवेदीका अनुसार छानबिन समिति ५ सदस्यीय हुनेछ । 

     

    प्रकाशित मिति :श्रावण ११ २०८३ सोमवार - १२:०३:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij