Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनाको शव भेटियो

पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनाको शव भेटियो


  • 967
    Shares

    पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनाको शव भेटियो
    images

    काठमाडौं । रोल्पामा पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनाको शव आज फेला परेको छ ।

    शनिबार दिउँसो सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमार्गमा गाई बाख्रा चराउन गएको बेला पहिरोमा पुरिएर बेपत्ता भएका सुनछहरी गाउँपालिका–१ का ५१ वर्षीया असौजी घर्तीमगर र ३६ वर्षीया अमरा घर्तीमगरको शव आज फेला परेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । उनीहरुको शव परीक्षणका लागि रोल्पा अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।

    त्यस्तै, सोही पहिरोमा परी घाइते भएका ६० वर्षीय कुले घर्तीमगरको स्थानीय सेरम स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । उजको शरीरका विभिन्न भागमा चोट लागेको छ ।

     

    प्रकाशित मिति :श्रावण १० २०८३ आइतवार - १६:२१:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij