Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले भोली विश्वासको मत लिने

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले भोली विश्वासको मत लिने


  • 7.6K
    Shares

    सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले भोली विश्वासको मत लिने

    कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत लिने भएका छन । उनले भोली (मंगलबार) सम्ममा विश्वासको मत लिने बताइएको छ ।

    सर्वोच्चको फैसला पछि नेकपा पार्टी विभाजित भइसकेको  तथा एमालेले समर्थन फिर्ता लिएको अवस्थामा कानुनी रुपमा विश्वासको मत लिनु पर्ने भएकाले मुख्यमन्त्रीले विश्वासको मत लिन लागेको माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक अक्कल रावलले जानकारी दिए ।

    विपक्षीसँगको छलफलपछि  आजै नभए मंगलबार मुख्यमन्त्रीले प्रदेश सभाको बैठकमा विश्वासको मत लिने उनले बताए । शुक्रबारदेखि शुरु भएको प्रदेश सभा  बैठकमा ओली पक्षका प्रदेश सभा सदस्य पठान सिंह बोहोराले नेकपा एमालेले मुख्यमन्त्री लाई दिएको समर्थन फिर्ता गरिसकेको जानकारी गराएका थिए । तर एमालेकै माधव नेपाल पक्षको भने सरकारलाई समर्थन छ । 

    मुख्यमन्त्रीले विश्वासको मत लिने सूचना प्रदेश सभाको सचिवालयमा दर्ता भइसकेको रावलले बताए । मुख्यमन्त्री  भट्टलाई माधव पक्षका १८ जना प्रदेशसभा सदस्यको समर्थन रहँदै आएको छ । 

    यसैबीच नेकपा एमाले ओली पक्षका प्रदेश सभा सदस्य रतन थापाले बैठक बसिरहेको र मुख्यमन्त्रीले लिन थालेको विश्वासको मतको बारेमा केही घण्टापछि थाहा हुने जानकारी दिए ।

    प्रकाशित मिति :जेठ २४ २०७८ सोमवार - १४:०५:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij