२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी(नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले संविधान बनेपछि राजनीतिक दलहरू सत्ता केन्द्रित हुँदा जेनजी आन्दोलनको बेला निरीह भएको बताएका छन् ।
काठमाडौंमा शुक्रबार ४८ औँ पुष्पलाल स्मृति दिवसको सन्दर्भमा आयोजित ‘वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलहरूको भूमिका’ विषयक विचार गोष्ठीमा प्रचण्डले विगतको कमजोरीबाट मुक्त भएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।
एकपछि अर्को विजयी हासिल गरेका पार्टी भदौ २३ र २४ गते किन यति निरीह भयौँ रु विक्षिप्त हुने स्थिति किन बन्यो रु भन्ने विषयमा गम्भीर समीक्षा हुनुपर्ने उनले बताए।
‘जनयुद्ध र जनआन्दोलन चलाउने बेलासम्म सङ्घर्षको स्कुलिङ गरिराखेका थियौँ । विद्यार्थी भाइबहिनीहरूलाई क्रान्तिको स्कुलिङ गरिराख्यौँ । सङ्घर्षको अभियान चलाउँथ्यौँ । तर संविधान बनेयता हामी काठमाडौँ केन्द्रित सत्ता केन्द्रित भयौँ । त्यो कार्यनीति थियो’, उनले भने, ‘दिनदिनै सरकार बनाउने, पालिका चलाउने मन्त्री प्रधानमन्त्री फेर्नतिर लाग्यौँ । त्यहीँ हामी चुक्यौँ। तर हाम्रा वैरीहरू ठुलठुला रणनीतिक योजना बनाएछन् । अलिअलि वैरीहरू लागेका थाहा थियो । तर यही स्तरमा एकै दिन देश विध्वंस पार्ने कुरा हामीले बुझेनछौँ । हामीले उनीहरूको रणनीतिक योजन विरुद्ध शक्ति सञ्चय गरेनछौँ।’
उनले गत वर्ष भदौमा युवाहरूलाई अफिमा लठ्ठ पारेको जिकिर समेत गरे । प्रचण्डले भने, ‘यहाँ अफिम भनेर गलत अर्थ नलागोस् । डिजिटलमार्फत अल्गोरिदम अफिम प्रयोग गरी युवाहरूलाई लठ्ठ बनाए। जसरी चीनमा अफिमबाट मुक्त भएपछि क्रान्ति अगाडि बढेको थियो । यहाँ पनि गर्नुपर्ने बेला आएको छ।’
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij