Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

शव बोकेको जिप दुर्घटना हुँदा ७ जना घाइते

शव बोकेको जिप दुर्घटना हुँदा ७ जना घाइते


  • 4.1K
    Shares

    शव बोकेको जिप दुर्घटना हुँदा ७ जना घाइते

    सल्यान । सल्यानमा जिप दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । नेपालगन्जबाट शव बोकेर बन्गाड कुपिण्डे नगरपालिका–१० थापाचौर आउँदै गरेको भे १ च ३६६९ नम्बरको जिप सोमबार बिहान ४ बजेतिर आगरनेटामा दुर्घटनाग्रस्त भएको हो ।

    घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार घाइते हुनेमा चालक बन्गाड कुपिण्डे नगरपालिका ८ बाबियाचौरका वर्ष २६ का बलबहादुर कुँवर, वर्ष ४० का होमबहादुर गिरी, बन्गाड कुपिण्डे नगरपालिका १० थापाचौरका वर्ष २१ का आइतुलाल थापा, वर्ष ३२ का खोकलाल थापा, वर्ष २६ की हुर्मती थापा, वर्ष २० का केशव थापा र वर्ष ४५ का टोपबहादुर घर्ती छन् ।

    गम्भीर घाइते भएका जिप चालक बलबहादुर कुँवर, हुर्मती थापा र आइतुलाल थापालाई उपचारका लागि नेपालगन्ज लगिएको र अन्यको जिल्ला अस्पताल सल्यानमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक गोविन्द थापाले बताए । जिल्ला अस्पतालमा उपचार गराइरहेका खतरामुक्त रहेको उनले जानकारी दिए ।

    प्रकाशित मिति :जेठ २४ २०७८ सोमवार - १३:३०:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij